डालसमा हुने युएनए सम्मेलन बारे पत्रकारहरुलाई जानकारी गराइयो

USANDNEPAL.COM – डालस, मार्च १० । अघिल्लो बर्ष अर्थात् २०१६ मा नेपालीहरुको एउटा संस्था जन्म्यो अमेरिकामा युनाइटेड नेपाली संघ अर्थात् युएनए। थुप्रै संस्थाहरुको बिचमा फेरी अर्को संस्था जन्मिदा त्यति ठुलो कुरा नभए पनि युएनएले भने अलि ठुलै ज्वारभाटा नेपाली समुदायमा ल्याउन सफल भयो। युबाहरुलाइ सहभागी गराउने र युबाहरुबाटै कार्यक्रम संचालन गर्ने फरक शैली युएनएले अपनायो। लस एञ्जलसमा सम्पन्न भएको पहिलो अधिबेशनले दोश्रो पुस्ताका नेपाली युबाहरुलाई समाजसंग एकीकृत गर्ने काममा एउटा नयाँ अभियानको शुरुवात गर्यो। सोहि जोश, जाँगर र दृस्टीकोणका साथ फेरी युएनए आफ्नो दोश्रो अधिबेशनको लागि सपूर्ण रुपमा तयारी शुरु गरेको छ।

आन्तरिक रुपमा धेरै काम अघि बढे पनि त्यो जनमानसमा पुग्न सकेको थिएन। सोहि सुचनाको दुरी कम गर्न आज डालस नजिकै पर्ने कोपेलको शेराटन होटेलमा पत्रकार तथा समुदायका बिभिन्न व्यक्तिहरुसंग भेटघाट कार्यक्रम आयोजना गरियो। युएनएका संस्थापक अध्यक्ष पासांग लामाको उपस्थितिमा भएको उक्त कार्यक्रममा डालस वरपरका बिभिन्न अनलाइनसंग सम्बद्ध पत्रकारको साथै स्थानीय संघ सस्थाका प्रतिनिधि र समाजसेवीहरुको उल्लेख्य उपस्थिति थियो। कार्यक्रमको संचालन अब्रोड आइटी इन्स्टिच्युटका प्रबन्ध निर्देशक तथा युएनए सम्मेलनमा संचालन हुने कार्यक्रमहरुका संयोजक तथा सल्लाहकार बिएन पन्तले गर्नु भएको थियो। अंग्रेजीमा फरर बोल्दै पन्तले समाजसेवाको महत्व र समाजसेवीहरुको योगदानको चर्चा गर्नु भएको थियो। – See more at: http://usandnepal.com/2017/03/60419#sthash.0luXLKvk.dpuf