युएनए सम्मेलनमा महिला कार्यक्रम हुने

डिसी महानगर । आगामी मे २२ -२३ का दिन युएनए सम्मेलनमा महिला कार्यक्रम हुने भएको छ ।

युनाइटेड नेप्लिज एसोसिएसन (युएनए)को पाँचौ सम्मेलनमा बिगत बर्ष झैँ बिभिन्न फोरम (मंच)का कार्यक्रम अन्तर्गत महिला कार्यक्रमको तयारी पुरा भएको छ । महिला कार्यक्रमको संयोजन गरि रहेकी युएनएन महिला विभागकी सभापति सुनिता खत्रीले मे २२ शनिबार हुने कार्यक्रमको तयारी पुरा भएको जानकारी दिएकी छिन ।

यस पटक महिला विभागले सम्मेलनमा कोभिड-१९ को कहरमा महिला,घरवास र प्रवासका बिषयलाई समेट्ने छ । कार्यक्रम परोक्ष (भर्चुअल )रुपमा आयोजना हुने भएकोले सबै नेपाली समुदायलाई कार्यक्रमलाई हौशला र प्रोत्साहन गरि दिनु हुन् खत्रीले आग्रह गरेकी छिन ।

उक्त कार्यक्रममा महिला वक्ताहरुमा आन्माकी उप सभपति तथा अनेसासकी महिला संयोजक उर्मिला निर्दोषी, नासाकी कार्यकारी उपाध्यक्ष अम्बिका लोहनी ,नेपाल ल क्याम्पसकी प्रा डा शशी अधिकारी तथा युवाको तर्फबाट जयन्ती बिष्ट रहने छन् ।

कार्यक्रम राती ८ बजे अमेरिकी पूर्वीय समय अनुसार हुने छ ।

बिस्तृत जानकारी लिन यहाँ थिच्नु होस् :

https://unaconvention.org/event-details/una-womens-panel-discussion-program