युएनए सम्मेलनमा टेनिस खेल पनि खेलाइने

डिसी महानगर । युएनए सम्मेलनमा टेनिस खेल पनि खेलाइने भएको छ । आगामी मे २२ -२३ का दिन दुई दिनसम्म चल्ने युएनए सम्मेलनमा आयोजना हुने विभिन्न खेलकुदहरुको समय र स्थान सहित खेल तालिका सार्वजनिक गरिएको छ ।

युनाइटेड नेप्लिज एसोसिएसन (युएनए)को पाँचौ सम्मेलनमा टेनिस खेलको पनि तालिका निकालिएको छ । सम्मेलन सह-संयोजक तथा खेलकुद संयोजक सन्तोष बिडारीले सम्मेलनको खेलकुदको सबै तयारी पुरा भएको जनाउदै टेनिस खेल पनि संलग्न गर्न पाइएकोमा हर्ष व्यक्त गरेका छन् ।

टेनिस खेल मे २२ शनिबार ८:३० देखि ९ बजे सम्म सुरुवात गरिने छ भने अन्तिम खेल र सेमी फाइनल खेल स्थलमा पुगे पछि तय गरिने जनाईएको छ । कम्तिमा पनि १०-१४ जना खेलाडीहरु हुनु पर्ने बताईएको छ ।

खेल सुरु देखि नै नक आउट (एक पटक पराजित भएमा बाहिरिने )पद्धति अनुसार खेलाइने छ । उक्त खेलमा बिजेतालाई १ हजार डलर र उप बिजेतालाई ५ सय नगद तथा पुरस्कार प्रदान गरिने छ ।

टेनिस खेलमा कुनै पनि जानकारी चाहिएमा चक्र राई ,उमेश केसी तथा बिशाल खड्कालाई सम्पर्क गर्न सकिने छ । खेल सम्योज बिडारीले भकुण्डो खेलका बिज्ञान श्रेष्ठ,भलिवलका गोविन्द घिमिरे,बास्केट बलका दले लामा ,टेनिसका चक्र राई ,उमेश केसी तथा बिशाल खड्काले गरेको सहयोग प्रति आभार प्रकट गरेका छन् ।

यसै गरि कार्यक्रम व्यवस्थापक सुधिर सिंह जसले यो कार्यक्रम सफल बनाउन निरन्तर लागि परेकोमा बिडारीले उनि प्रति पनि कृतज्ञता व्यक्त गरेका छन् ।

स्मरण रहोस ,पुरस्कार समारोह वितरण कार्यक्रम फाइनल खेल(अन्तिम निर्णायक ) खेल जहाँ हुन्छ त्यही पुरस्कार वितरण गरिने छ ।

खेलका संयोजक बिडारीले खेल प्रेमी तथा डिसी क्षेत्रमा बसोबास गर्नु हुने नेपाली समुदायलाई खेलाडीलाई हौशला गर्न र मनोरंजन लिन उपस्थितिको लागि आग्रह गरेका छन् ।

युएनए संस्थाका अध्यक्ष भक्त भण्डारी हुन् । सम्मेलन संयोजक चन्द्र लामा हुन भने सह संयोजक सन्तोष बिडारी हुन् ।

बिस्तृत जानकारी लिन यहाँ थिच्नु होस् :

https://unaconvention.org/event-details/tennis-tournament-schedule