युएनए सम्मेलनमा आयोजना हुने विभिन्न खेलकुदको समय र स्थान सहित खेल तालिका सार्वजनिक

डिसी महानगर । आगामी मे २२ -२३ का दिन दुई दिनसम्म चल्ने युएनए सम्मेलनमा आयोजना हुने विभिन्न खेलकुदहरुको समय र स्थान सहित खेल तालिका सार्वजनिक गरिएको छ ।

युनाइटेड नेप्लिज एसोसिएसन (युएनए)को पाँचौ सम्मेलनमा भकुण्डो,भलिवल बास्केटबल लगायत खेलकुदको तालिका अध्यावधिक गरिएको छ । खेलकुद संयोजक सन्तोष बिडारीले सबै प्रक्रिया र तयारी पुरा भएको जनाउदै विभिन्न खेलकुदमा आबद्ध सबैलाई कृतज्ञता ज्ञापन गरेका छन् ।

दर्ता प्रक्रिया समाप्त भएको छ भने विभिन्न स्थानबाट आउने खेल टोली र खेलाडी अत्यन्तै उत्साहित भएको विडारीले जनाए । भलिवलमा कूल ८ वटा टोली रहेका छन् भने भलिवल दुवै दिन खेलाइने छ भने बिजेताहरुलाई पुरस्कार उक्त खेल हुने स्थान मै वितरण गरिने छ ।

भलिवलमा न्युयोर्कका कुल ३ टोली सहित न्यू योर्क नेपलिज भलिवल टिम,बेलमोन्ट पार्क भलिवल ग्रुप,नोभा युनाइटेड नेपलिज भलिवल लगायत ८ वटा टोलीले प्रतिस्प्रद्धा गर्ने छन ।

खेल मे २२ को बिहान ९ बजे देखि सुरु हुने छन् भने अन्तिम खेल मे २३ का दिन समापन ११ बजे हुनेछ । यसैगरि भकुण्डो खेलमा कूल ९ वटा टोली रहेका छन् । उक्त खेलमा डिसीएनएफसी,बिएसी,न्युयोर्कएनएफसी,युएनएफसी साथी एफसी लगायत खेल टोली रहेका छन ।

भकुण्डोको खेल बिहान ८ बजे देखि हुनेछ भने अन्तिम निर्णायक खेल आइतबार मे २३ का दिन ५ बजे हुनेछ । यसै गरि बास्केटबल(टोकरी भकुण्डो)मा ६ वटा खेल टोलीहरुले सहभागिता जनाउने भएका छन् ।

उक्त खेल टोलीमा डिसी हिट,नेपाली राजा,मोमोग्याङ्ग ,बकेट्स लगायतको सहभागिता हुनेछ । बास्केटबल मे २२ को बिहान १०:१५ बाट सुरु हुनेछ । यस पटक अझ खेल अत्यन्तै प्रतिश्प्रद्धा हुने अनुमान गरिएको छ ।

स्मरण रहोस ,पुरस्कार समारोह वितरण कार्यक्रम फाइनल खेल(अन्तिम निर्णायक ) खेल जहाँ हुन्छ त्यही पुरस्कार वितरण गरिने छ । खेलका संयोजक बिडारीले खेल प्रेमी तथा डिसी क्षेत्रमा बसोबास गर्नु हुने नेपाली समुदायलाई खेलाडीलाई हौशला गर्न र मनोरंजन लिन उपस्थितिको लागि आग्रह गरेका छन् ।

युएनए संस्थाका अध्यक्ष भक्त भण्डारी हुन् । सम्मेलन संयोजक चन्द्र लामा हुन भने सह संयोजक सन्तोष बिडारी हुन् ।

बिस्तृत जानकारी लिन यहाँ थिच्नु होस् : https://unaconvention.org/events