युएनए सम्मेलनमा टेनिसका १ हजार डलर उपविजेतालाई ५ सय डलर नगद तथा पुरस्कार

युनाइटेड नेप्लिज एसोसिएसन (युएनए)को पाँचौ सम्मेलनमा आयोजना हुने टेनिस प्रतियोगितामा प्रथम हुनेलाई १ हजार डलर र द्वितीय हुनेलाई ५ सय डलर नगद तथा पुरस्कार दिइने छ ।

सम्मेलनमा आगामी मे २२- २३ का दिन आयोजना हुनेछ । खेलकुद बाहेक अन्य सबै कार्यक्रमहरु परोक्ष रुपमा (भर्चुअल )जुम मार्फत हुनेछ । टेनिसका सह संयोजक चक्र राई हुन् भने खेलकुद संयोजक सन्तोष बिडारी हुन् ।

टेनिस खेलमा दर्ता शुल्क केवल $ २५ प्रति टोली डलर राखिएको छ । खेलमा सहभागी हुने खेलाडीहरुले मे २० तारिख ११ :५९ मिनेट सम्म दर्ता गर्नु पर्ने छ । खेल तालिका मे २२ का दिन दिउसो १ बजे सार्वजनिक गरिने छ ।

टेनिस खेलका सह संयोजक चक्र राई या खेल संयोजक सन्तोष बिडारी संग केही बुझ्नु परेमा आफूलाई सम्पर्क गर्न सकिने छ ।

सम्मेलनको संयोजक चन्द्र लामा हुने भने युनाइटेड नेप्लिज एसोसिएसन (युएनए)का अध्यक्ष भक्त भण्डारी हुन् ।भर्जिनियाको वेस्टफिल्ड मेरिएट वाशिंगटन डलस होटल(अतिथि गृह)मा पुरस्कार वितरण कार्यक्रम गरिने छ भने उक्त दिन केवल खेलाडीहरु मात्र उपस्थित हुनेछन् ।

समापन तथा पुरस्कार वितरण समारोह साँझ ६ बजे देखि प्रारम्भ हुनेछ । युनाइटेड नेप्लिज एसोसिएसन (युएनए)को पाँचौ सम्मेलनमा बिगत बर्ष झैँ यस बर्ष पनि नृत्य,गायन /गीत,वादविवाद तथा प्रतिभा प्रतियोगिताको भब्य तयारी भै रहेको समापन समारोहकी सयोजक बिना खड्का लामाले जानकारी दिएकी छिन ।

यसै गरि मे २२ अर्थात् सम्मेलनको पहिलो दिन साँझ ८ बजे महिला सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने छ भने उक्त कार्यक्रमको संयोजन सुनिता खत्रीले गर्ने छिन ।

बिस्तृत जानकारी लिन यहा थिच्नु होला : https://unaconvention.org/sports/tennis-2021

दर्ता लिंक : https://unaconvention.org/sports-category 

Source: enepalese.com