युएनए सम्मेलनमा भकुण्डो(सकर) प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार डलर र द्वितीय हुनेलाई २ हजार डलर नगद तथा पुरस्कार

आगामी मे २२- २३ का दिन आयोजना हुने युनाइटेड नेप्लिज एसोसिएसन (युएनए)को पाँचौ सम्मेलनमा भकुण्डो(सकर) प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार डलर र द्वितीय हुनेलाई २ हजार डलर नगद तथा पुरस्कार दिइने भएको छ ।

स्मरण रहोस, खेलकुद बाहेक अन्य सबै कार्यक्रमहरु परोक्ष रुपमा (भर्चुअल) जुम मार्फत हुनेछ । भकुण्डो साथै खेलकुदका सभापति सन्तोष बिडारीले सबै खेल टोलीहरुलाई चाडो भन्दा चाडो दर्ता गराउन आह्वान गरेका छन् ।

भकुण्डो खेलका लागि बिज्ञान श्रेष्ठ संयोजक हुन् भने उनि प्रसिद्ध खेलाडी पनि हुन । सम्मेलनका सह संयोजक तथा खेलकुदका संयोजक विडारीले जानकारी दिए अनुसार दर्ता आगामी मे १४ का दिन अन्तिम समय राखिएको जनाए ।

उनले अगाडी भने "मे १४ को ११ :५९" मिनेटमा दर्ता बन्द गरिने भएकोले दर्ता नगरेका र सहभागी हुन् चाहना राख्ने सबैले शिघ्र दर्ता गर्न आग्रह र अनुरोध गरेका छन् । भकुण्डो टोलीले खेलमा सहभागी हुन् चाहेमा ५ सय डलर टोलीले प्रवेश शुल्क तिर्नु पर्नेछ ।

खेल समापन पछि खेलाडीहरुलाई पुरस्कार वितरण कार्यक्रम भने भर्जिनियाको वेस्टफिल्ड मेरिएट वाशिंगटन डलस होटल (अतिथि गृह) मा गरिने छ । उक्त कार्यक्रममा केवल खेलाडीहरु मात्र उपस्थित हुनेछन् ।

बिडारीका अनुसार न्यू योर्क,सियाटल र टेक्ससका भकुण्डो टोली पनि आउने अपेक्षा रहेको बताए । उनले आगामी सोमबार सम्म थप जानकारी दिने बताए । बास्केटबल,लन टेनिस र भलिवल खेल अन्तरंग(इन्डोर) हुने भएकोले सम्भवत स्थानीय टोली मात्र हुने बताए । उनले बास्केटबल(टोकरी भकुण्डो ),लन टेनिस र भलिवल खेल टोलीलाई पनि तुरुन्तै दर्ता गर्न बिसेष अनुरोध र आह्वान गरेका छन् ।

संस्थाका अध्यक्ष भक्त भण्डारीले गत बर्ष महामारीको कारणले सम्मेलन आयोजना गर्न नपाएता पनि यस बर्ष सम्मलेन आयोजना गर्न पाएकोमा हर्ष व्यक्त गरेका छन् ।

चन्द्र लामा सम्मेलनका संयोजक हुन् भने समापन समारोह तथा पुरस्कार वितरण समारोह साँझ ६ बजे देखि प्रारम्भ हुनेछ ।

युनाइटेड नेप्लिज एसोसिएसन (युएनए) को पाँचौ सम्मेलनमा बिगत बर्ष झैँ यस बर्ष पनि नृत्य,गायन / गीत, वादविवाद तथा प्रतिभा प्रतियोगिताको भब्य तयारी भै रहेको समापन समारोहकी सयोजक बिना खड्का लामाले जानकारी दिएकी छिन ।

यसै गरि मे २२ अर्थात् सम्मेलनको पहिलो दिन साँझ ८ बजे महिला सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने छ भने उक्त कार्यक्रमको संयोजन सुनिता खत्रीले गर्ने छिन ।

बिस्तृत जानकारी लिन यहा थिच्नु होला : https://unaconvention.org/sports/soccer-tournament-2021

दर्ता लिंक : https://unaconvention.org/sports-category 

Source: enepalese.com