५ औ युएनए सम्मेलन मे २२ - २३ डिसी भर्जिनिया क्षेत्रमा हुने

Published Date: April 6, 2021

युनाइटेड नेप्लिज एसोसिएसन (युएनए)को पाँचौ सम्मेलन डिसी भर्जिनिया क्षेत्रमा आगामी मे २२ -२३ का दिन हुने भएको छ । गत अप्रिल ४ का दिन युएनएको कार्यकारी समितिको बसेको बैठकले उक्त निर्णय गरेको हो ।

मे २९ र ३० मा हुने भनिएको सम्मेलन गैर आवासीय नेपाली संघ अमेरिकाको चुनाव परेकोले त्यसलाई मध्ये नजर गर्दै मे २२ -२३ दुई दिन गर्ने निर्णय गरिएको छ । युएनएले सदैव सम्मेलन मेमोरियल डे (स्मारक दिवस ) को सप्ताहको सेरोफेरोमा गर्दै आएता पनि गत बर्ष २०२० मा कोरोना महामारीको कारण सम्मेलन रद्ध गरेको थियो ।

यस पटक उक्त समयमै गर्ने र तयारी गरि रहेको भएता पनि छाता संगठनको रुपमा रहेको गैर आवासीय नेपाली संघ अमेरिकाको निर्वाचन जुध्ने भएकोले त्यसलाई कुनै बाधा नपुग्ने गरि अगाडी सार्नु परेको युएनएका अध्यक्ष भक्त भण्डारीले ईनेप्लिजलाई बताए ।

उनले सम्मेलन डिसी भर्जिनियामा हुने जानकारी गराउदै मे २२-२३ का दिन सबैलाई बिभिन्न कार्यक्रममा सहभागीता र संलग्नता जनाउन नेपाली समुदायलाई आग्रह गरेका छन ।

उनले अगाडी भने समिति कै चन्द्र लामा जी सम्मेलनको संयोजकमा नियुक्त भएकोले खेलकुदका विभिन्न कार्यक्रमहरु उहाले प्रबन्ध गर्ने कुरामा बिस्वस्त भएको बताए । साथै अध्यक्ष भण्डारीले पर्न गएको असुविधा प्रति दुख लागेको जनाए ।

कोरोना महामारीको कारण यस पटक पनि भौतिक रुपमा नभई खेलकुदका कार्यक्रमहरु बाहेक अन्य सबै कार्यक्रमहरु भर्चुअल (परोक्ष )जुम माध्यमबाट हुनेछ । खेलकुदमा भकुण्डो(सकर),बास्केटबल, भलिवल र लन टेनिस प्रतियोगिताको आयोजना गरिने छ ।

सन् २०१९ मा चौथो युएनए सम्मेलन न्यू योर्कमा आयाेजना गरिएको थियो । स्थापना काल देखि युएनए सम्मेलनमा बहस कार्यक्रम ,साहित्य ,बालबालिकाका कार्यक्रम ,बिभिन्न मंचका कार्यक्रम ,खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

तर यस पटक पनि खेलकुद बाहेक भौतिक रुपमा उपस्थिति नसकिने अवस्थामा भर्चुअल(जुम )को माध्यमबाट बिभिन्न थप आकर्षक कार्यक्रमहरुको तय गर्ने आयोजकले बताएका छन् ।

Source: enepalese.com