5th UNA Convention,

डिसी महानगर क्षेत्र । युनाइटेड नेप्लिज एसोसिएसन (युएनए )को पाँचौ सम्मेलन मेमोरियल डे (स्मारक दिवस )को सप्ताहमा हुने भएको छ । तर यस पटक कोरोना महामारीको कारण भौतिक रुपमा उपस्थित नभई भर्चुअल(परोक्ष)प्रणालीको मध्यमबाट हुने भएको छ ।

गत जनवरी १० का दिन युनाइटेड नेप्लिज एसोसिएसन (युएनए )को कार्यकारी समितिको बैठकले उक्त निर्णय गरेको हो । त्यसको लागि विभिन्न समितिको तयारी गर्ने र बिस्तृत जानकारी समेत गराउदै जाने लक्ष्य रहेको संस्थाका वर्तमान अध्यक्ष भक्त भण्डारीले जानकारी दिएका छन् ।

गत बर्ष २०२० मा बाल्टिमोरमा गर्ने भनिएको सम्मेलन कोरोना महामारीको कारण स्थगित हुन् पुगेको थियो । बिगतका बर्षहरुमा मे महिनाको २५-२६ या यसैको सेरोफेरोमा मनाउदै आएको युएनए सम्मेलन यस बर्ष स्मारक दिवस मे ३१ तारिखमा परेको छ ।

यस बर्ष मे २९ र ३० मा हुने निर्णय गरिएको छ । सन् २०१९ मा चौथो युएनए सम्मेलन न्यू योर्कमा २५ र २६ का दिन आयाेजना गरिएको थियो । स्थापना काल देखि युएनए सम्मेलनमा बहस कार्यक्रम ,साहित्य ,बालबालिकाका कार्यक्रम ,बिभिन्न मंचका कार्यक्रम ,खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

Read More